२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन : आचारसंहिताबारे सञ्चारकर्मीसँग अन्तरक्रिया

अ+ अ-

झापा । आसन्न स्थानीय तहको निर्वाचनलाई व्यवस्थित, भयरहित र सुरक्षित बनाउन जिल्लाका निर्वाचन स्थललाई संवेदनशीलताका आधारमा वर्गीकरण गरेर सोही अनुसारको तयारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आज विर्तामोडमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा र संवाद समूहको संयुक्त आयोजनामा गरिएको ‘मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सो बताएका हुन् ।

उनले जिल्लाका २८६ मतदानस्थलहरुमध्ये ५१ अति संवेदनशील, १५३ संवेदनशील र ८२ सामान्य रहेको बताए । संवेदनशीलताका आधारमा सुरक्षाकर्मीसमेत परिचालन गरिने उनको भनाइ छ ।

उनले सञ्चारकर्मीहरुलाई निर्वाचन आचारसंहिता २०७८ को मर्मअनुसार नै मिडियामा समाचार सम्प्रेषणका लागि अनुरोध गरेका थिए ।

कार्यक्रममा निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले आसन्न स्थानीय तहको निर्वाचनको तयारी जिल्लामा पूरा भइसकेको बताए ।

उनले यही वैशाख ८ गते जिल्लाका १५ वटै स्थानीय तहमा निर्वाचित अधिकृतको कार्यालय स्थापना गर्ने, १७ गते राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गर्ने, वैशाख २९ गते निर्वाचन स्थलमा मतदाता सहायता कक्ष सञ्चालन गरी मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउने लगायतका कार्ययोजना रहेको बताए।

उनले १८ वर्षमुनिका बालबालिकालाई चुनाव प्रचारप्रसारका लागि प्रयोग गर्न र सञ्चारमाध्यमलाई समेत आचारसंहितामा तोकिएअनुसारकै सामग्री मात्र प्रकाशन र प्रसारण गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारामणि सापकोटाले निर्वाचन आचारसंहिता अपूरो र अधुरो रहेको बताए ।

उनले पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई मात्र आचारसंहिता लाग्ने तर अनलाइनका बारेमा कस्ता सामग्री प्रचारप्रसार गर्ने भन्ने बारेमा उल्लेख नभएको बताए ।

वरिष्ठ पत्रकार लीला बराल, प्रेम आचार्य, पुष्पा बराल, गणेशमान मुखिया, दिपीन राई, ज्ञानेन्द्र निरौला लगायतले मतदाता शिक्षा, आचारसंहिताको प्रभावकारिताका बारेमा जिज्ञासा राखेका थिए ।

महासङ्घका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।