२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवासँगको भेटमा ओलीको चासो : गठबन्धन, नागरिकता विधेयक, टीआरसी र महँगी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

आज बिहान बालुवाटारमा भएको भेटवार्तामा एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी थिए । काँग्रेसका तर्फबाट सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।

भेटमा ओलीले मुख्य चार विषय राखेका थिए । गठबन्धन, नागरिकता विधेयक, ‘टीआरसी’ र महँगीका विषय राखिएको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए ।

ओलीले निर्वाचन समयमै सम्पन्न हुनुपर्नेमा समेत जोड दिएका थिए । ‘यो निर्वाचन समयमा नै सम्पन्न हुनुपर्छ । भयरहित, स्वतन्त्र रूपमा सम्पन्न हुनुपर्छ,’ नेम्वाङले ओलीको भनाइ उद्धृत गर्दै बाह्रखरीसित भने ।

ओलीले सत्ता गठबन्धनले आफूहरूप्रति निषेधको राजनीति गरिरहेको समेत बताएका थिए । प्रतिस्पर्धाको स्वच्छ मूल्य-मान्यतामा उभिएर अघि बढ्न उनले देउवालाई सुझाव दिए ।

‘गठबन्धनले प्रतिपक्षसँग लोकतन्त्रको मूल्य र मान्यतामा आधारित सम्बन्ध कायम गर्नुपर्छ । लोकतन्त्र भनेको निषेधको राजनीति होइन । तपाईँहरूले निषेधको राजनीति गर्दै हुनहुन्छ । गठबन्धन गर्नुस्, त्यसमा हाम्रो केही छैन,’ नेम्वाङका अनुसार ओलीले भेटमा भनेका थिए, ‘तर, गठबन्धन मूल्य र मान्यतामा आधारित हुनुपर्‍यो । अहिले पाँच बाट सात हुनुहुन्छ क्यारे ! हाम्रो शुभकामना छ । तर, निषेधमा उभिएर होइन, प्रतिस्पर्धाको स्वच्छ मूल्य-मान्यतामा उभिएर अघि बढनु्र्छ ।’