११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप महिला क्रिकेट : फाइनलमा एपीएफलाई हराउन कोशीले ११५ रन बनाउनु पर्ने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा बुधबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको एपीएफ क्लबले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनाएको हो ।

एपीएफ क्लबका लागि इन्दु बर्माले अर्धशतकीय पाली खेलिन् । उनले ५३ रनको योगदान गरिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी इन्दुले केवल ४७ बलको सामना गरी एक छक्का र ६ चौका पनि हिर्काएकी थिइन् ।

त्यसअघि ओपनर ज्योति पाण्डेले पनि टोलीका लागि २७ रनको योगदान गरेकी थिइन् । उनले ३० बलमा तीन चौका पनि हिर्काइन् । कप्तानसमेत रहेकी ओपनर सीता रानामगर भने आठ बलमा एक रन बनाउँदै पेभेलियन फर्किइन् ।

चौथो नम्बरकी ब्याटर रोमा थापाले १५ बलको सामना गरी टोलीको खातामा १४ रन थपेकी थिइन् । ममता चौधरीले तीन रन बनाइन् । सरिता मगर नौ रनमा अविजित रहिन् । करुणा भण्डारीले अविजित दुई रन बनाइन् । एपीएफ क्लबले अतिरिक्त रुपमा पाँच रनमात्र पाएको थियो ।

कोशी प्रदेशकी बलर अप्सरी बेगमले तीन विकेट लिइन् । उनले चार ओभरमा २१ रन खर्चिइन् । एलिसा खडियाले पनि दुई विकेट हात पारिन् । उनले चार ओभरमा १५ रन खर्चिएकी थिइन् । रुविना क्षेत्री र निशा शाहले पनि एक–एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस