६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यागमन र प्रहरीबिच फेरि बल्झियो विवाद : हातपातमै उत्रियो प्रहरी, घटनाबारे बुझ्दै मन्त्रालय

अ+ अ-

काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय र नेपाल प्रहरी बिचको विवाद फेरि सतहमा आएको छ । शुक्रवार अध्यागमन अधिकृतमाथि प्रहरीले कुटपिट गरेपछि फेरि विवाद बल्झिएको हो । 

भिजिट भिसा प्रकरणबाट अध्यागमन र प्रहरी बिचको विवाद झन् बल्झिएको थियो । आजभोलि कर्मचारीलाई हतोत्साहित बनाउन प्रहरीले शरीर छामछुम गर्ने गरेको अध्यागमन कार्यालय स्रोतले जानकारी दियो । शुक्रवार बिहानको घटना पनि शरीर छामछुम गर्ने क्रममा भएको हो । 

सम्बन्धित समाचार : ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ? 

अध्यागमन अधिकृत छायालाल मोक्तानले प्रस्थान कक्ष तर्फको ड्युटी सकाई एयरपोर्टको डी क्षेत्रको बाटो हुँदै आगमन कक्षतर्फ जाँदै गर्दा चेकजाँच गर्ने स्थानमा खटिएका प्रहरीले कुटपिट गरेको कार्यालयले जनाएको छ । प्रहरी जवान रविरञ्जन गुप्ताले अश्लील शब्दहरू प्रयोग गरेको र पछि असई सञ्जय तामाङ लगायत करिब चार पाँच जना प्रहरी कर्मचारीहरूले मोक्तानलाई कुटपिट गरेका हुन् । उनको शरीरमा नीलडाम समेत लागेको छ ।

मेटल डिटेक्टरबाट क्लियर भएर आएको व्यक्तिलाई चार पाँच पटक छामछुम गरेपछि घटना भएको हो । अध्यागमन अधिकृत मोक्तानले आफूमाथि भएको आक्रमणलाई प्रहरीको दादागिरी भनेका छन् । उनले भने, ‘सिसिटिभी फुटेजमा प्रहरीको गल्ती देखिएपछि सिसिटिभी मोनिटरिङ कक्षमा अध्यागमन प्रमुख र कर्मचारीमाथि प्रहरीले हातपात गरेको हो ।’ 

सम्बन्धित समाचार : फलोअप : सिसिटिभी फुटेज हेर्न गएका अध्यागमन प्रमुखलाई नै ढोका थुनेर कुटे प्रहरीले

सिसिटिभी फुटेज हेर्दा प्रहरीले अध्यागमन अधिकृतलाई छेउमा लगेर कुटेको देखिएको छ । सिसिटिभी फुटेज हेर्ने क्रममा प्रहरीले पुनः कुटपिट गरेको मोक्तानले बताए । बाहिरबाट आएको प्रहरीले पुनः कुटपिट गरेका हुन् । छुट्टाउने क्रममा अध्यागमन प्रमुख गोगन बहादुर हमाल माथि पनि हातपात भएको छ । 

विमानस्थलका एसएसपी दीप शमशेर राणाले सामान्य हातपात भएको जानकारी दिए । ‘दुई जनाबिच धकेलाधकेल भएको हो । चेकपोस्टमा चेकजाँच गर्दा अध्यागमन अधिकृतसँग सामान्य धकेलाधकेल भएको हो । बोडी सर्च गर्दा उहाँले नमान्नु भएको कारण विवाद भएको हो’, उनले भने, ‘अध्यागमन प्रमुखमाथि हातपात भएको छैन ।’ 

मन्त्रालय र विभागमा रिपोर्टिङ 

अध्यागमन अधिकृत छायालाल मोक्तान लगायत केही कर्मचारी माथि भएको कुटपिटको विषयमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले गृह मन्त्रालय र अध्यागमन विभागलाई रिपोर्टिङ गरेको छ । अध्यागमन कार्यालयले अध्यागमन विभागका महानिर्देशकलाई पत्र लेख्दै घटनाबारे जानकारी गराएको हो । र उक्त पत्र गृह सचिवलाई बोधार्थ गरिएको छ ।

सम्बन्धित समाचार : विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात 

कार्यालय प्रमुख गोगन बहादुर हमाल र प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेल समेतको उपस्थितिमा सिसिटिभी हेर्ने भनी सिसिटिभी मोनिटरिङ कक्षमा जाँदा पोखरेल, असई सञ्जय तामाङ, प्रहरी निरीक्षक मधुसूदन विक, दर्जा नखुलेका प्रहरी कर्मचारी प्रकाश चौधरी समेतले सिसिटिभी मोनिटरिङ गर्ने कक्षमा ढोका थुनी प्रमुख अध्यागमन अधिकृत तथा अन्य अध्यागमनका कर्मचारीमाथि कुटपिट गरेको कार्यालयले जनाएको छ । सुरक्षा प्रदान गर्ने जिम्मेवार निकायका जिम्मेवार व्यक्तिहरूबाट गैर कानुनी कार्य भएको भन्दै कार्यालयले छानबिन गरी दोषी उपर हदैसम्मको कारबाही माग गर्दै मन्त्रालय र विभागलाई घटना बारे पत्र मार्फत जानकारी गराएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले घटनाबारे जानकारी आएको बताए । उनले घटनाका बारेमा मन्त्रालयबाट बुझ्ने क्रम भइरहेको र यसबारे थप अनुसन्धान हुने जानकारी दिए ।

 कुटपिटको घटना पछि प्रहरीको दादागिरीविरुद्ध सेवा ठप्प गर्ने तयारी भएको अध्यागमनका कर्मचारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस