काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासन र पारदर्शीका साथ राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मंगलबार कपिलवस्तुको कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालय निरीक्षण गर्दै मन्त्री महतले सो निर्देशन दिएका हुन् ।
सर्वसाधारणलाई दुख पनि नदिने र आँखा पनि नचिम्लने गरी अनुशासन र पारदर्शीका साथ राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।
उनले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताए । मन्त्री महतले कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्ने तर परिणाम पनि आवश्यक पर्ने धारणा राखेका छन् । उनले अनुशासन, पारदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरिए राजस्वको लक्ष्य नजिक पुग्न सकिने बताए ।