२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसलाई समुदायमा फर्काएका छौँ, अब हिँड्ने हो : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले समुदायमा काँग्रेस अभियान अन्तर्गत थालेको संवाद यात्रा टुङ्ग्याएका छन्।

माघ १३ गते झापाको मेची पुलबाट गरेको यात्रा मङ्गलवार कञ्चनपुरस्थित महाकाली पुलमा पुगेर टुङ्ग्याएका हुन्। यात्राको क्रममा हुलाकी राजमार्ग अन्तर्गत १४५० किमी २१ वटा जिल्ला हुँदै यात्रा गरेको महामन्त्री थापाले बताएका छन्।

उनले भनेका छन्, ‘यस संवाद यात्राका क्रममा हामीले खुला संवाद, स्थानीय समस्या र सम्भावनामा केन्द्रित संवाद, सेवा प्रवाह गर्ने ठाउँको अवलोकनको कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएर स्थानीय तहमा काम गरिरहेको मान्छेसँग व्यक्तिगत कुराकानी लगायतका कार्यक्रमहरू गरी नेपाली काङ्ग्रेसलाई समुदायमा फर्काउने र पार्टी रूपान्तरणको अभियानको थालनी गरेका छौँ।’

यो चरणको संवाद यात्राको अन्तिम दिन सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल धनगढी स्थित नैनादेवि मन्दिर दर्शन सँगै, नेपाली क्रिकेट क्षेत्रमा अतुलनीय योगदान दिइरहेको सुदूरपश्चिम र सुदूरपश्चिमको क्रिकेटका लागि विशेष योगदान र सम्भावना भएको फाप्ला क्रिकेट मैदान सुधार, स्तरोन्नति र आवश्यकता पहिचानका लागि अवलोकन गरेको उल्लेख गरेका छन्।

अभियानका क्रममा थापाले पार्टी नेताहरूसँग छलफल, नेता कार्यकर्ताको सुझाव, जनताका सवाल जनतासँगै रहेर सुन्ने हाम्रो प्रयत्न र खुला संवाद, जनप्रतिनिधिसँग छलफल गरेका थिए।

उनले भनेका छन्, ‘हुलाकी राजमार्ग अन्तर्गत यो संवाद यात्राको अन्तिम दिन आज भए तापनि मेरो लागि यो एउटा नौलो यात्राको प्रारम्भ भएको महसुस गरेको छु। संवाद यात्रा टुङ्गिएको छैन अब निरन्तर हिँड्ने हो।’