२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘उपभोग्य वस्तुको मूल्य २४ प्रतिशतले बढ्यो तर कर्मचारीको तलब बढेन’

अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत सरकारले लिएको साढे ५ प्रतिशतको महँगीको लक्ष्यलाई आम्दानीसँग तुलना गर्नुपर्ने बताएका छन् ।

एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्री विभागले आयोजना गरेको बजेट समीक्षा कार्यक्रममा खतिवडाले भने, ‘देशमा जब आर्थिक मन्दी हुन्छ तब मूल्यवृद्धि तलतल हुन्छ । मूल्यवृद्धिको दर तल भएर खुसी मान्ने एउटा पक्ष होला तर आम नागरिको आम्दानी चाहिँ कतिले बढ्दैछ त्यो महत्त्वपूर्ण हो ।’

आर्थिक मन्दीका कारण व्यापार व्यवसाय राम्ररी नचली यही अवस्थामा व्यापारीको जीवनस्तर उक्सिने स्थिति नभएको खतिवडाको भनाइ छ । यसैले मूल्यवृद्धिको दर तल राखेपनि त्यसले एउटा वर्गलाई सहयोग नगर्ने उनको तर्क छ ।

औद्योगिकबाहेकका क्षेत्रमा १० प्रतिशतले ज्याला नबढेको भन्दै खतिवडाले विगत २ वर्षको तथ्यांकले उपभोग्य वस्तुको मूल्य २४ प्रतिशतले बढेको तर ज्याला १० प्रतिशतले पनि नबढेको बताए ।

‘कर्मचारीको तलब नबढेको २ वर्ष भएको थियो, यो पटक तलब बढ्नुपर्थ्यो, तर बढेन । उपभोक्ताको हिसाबले अबको समय त्यति अनुकूल छैन’, उनले भने ।