काठमाडौँ । सरकारले एक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त बनाउने घोषणा गरेको छ ।
सोमबार बसेको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले ०८२ साल असार मसान्तभित्र नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को पहिलो बैठकले ०८२ असार मसान्तसम्ममा नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको जानकारी दिए ।