१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार र एमालेमाथि चौतर्फी आक्रमण हुन थाल्यो : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र एमालेलाई चौतर्फी आक्रमणको प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

उनले आफ्नो नेतृत्वको सरकार बनेको छोटो समयमै ‘विभिन्न अराजकतावादी तत्त्व’ ले सरकार र पार्टी नेतृत्वलाई बदनाम गर्ने, चरित्र हत्या गरी आक्रमण सुरु गरेकाले सतर्कता अपनाउन सचिवालय सदस्यलाई आग्रह गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बिहीबार बसेको सचिवालय बैठकमा उनले माओवादीतर्फ संकेत गर्दै मुलुकमा अराजकता सिर्जना गरेर फाइदा लिन केही राजनीतिक दल र अराजकतावादी शक्ति सक्रिय रहेको बताए ।

‘केही अराजकतावादी शक्ति र केही पार्टीले सरकार र एमालेमाथि आक्रमण सुरु गरेका छन् ।नेतृत्वको चरित्र हत्या गर्ने, सरकारमाथि आक्रमण गर्ने र मुलुकमा अराजकता फैलाउने शक्तिहरू सक्रिय छन्’ ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘त्यस्ता अराजकता गतिविधि नियन्त्रण गर्न सरकार सजग नै छ र पार्टीको तर्फबाट पनि सचेतता अपनाउन आवश्यक छ । त्यस्ता गतिविधिको प्रतिवाद गर्न जरुरी छ ।’

काँग्रेस एमाले गठबन्धन सरकारले राम्रो सुरुवात गर्न खोजे पनि अवरोध सिर्जना गर्ने काम भइरहेको उल्लेख गर्दै परिणाम निकाल्न प्रयासरत रहेको बताए । सरकार अघि बढ्न कुनै समस्या नभएको भन्दै आगामी दिनमा परिणाम निकाल्न सरकार सशक्त रूपमा प्रस्तुत हुने ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले इजरायल प्यालेस्टायन, रुस युक्रेन युद्धले अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति जटिल बनाएको उल्लेख गर्दै युद्धका कारण सर्वसाधारणको गम्भीर मानवअधिकार उल्लंघन भइरहेको बताए ।

सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजनको मस्यौदा पेस गरेका थिए । एमाले सरकारमा गएपछि बदलिँदो राजनीतिक परिस्थितिमा एक वर्षभित्र पार्टीले गर्ने कार्यक्रम समेटेर कार्ययोजना प्रस्तुत भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

पार्टी संगठनलाई गतिशील बनाउने, सदस्यता वितरणलाई तीव्रता दिने, सदस्यता नवीकरणलाई चुस्त बनाउने, केन्द्रदेखि स्थानीय तहसम्म नियमित बैठक गर्ने, प्रदेश र जिल्ला तहमा देखिएका अन्तरसंघर्ष, मतभेदलाई तुरुन्तै हल गर्नेलगायत कार्ययोजनमा समेटिएको छ ।

वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिन भदौ १८ र १९ मा पालिटब्युरो बैठक बोलाएको गौतमले जानकारी दिए । ‘पार्टी संगठनलाई गतिशील बनाउने कार्ययोजना पोलिटब्युरो बैठकले पारित गर्नेछ’ उनले भने ।

एमाले सरकारमा गएपछि अध्यक्ष एवं प्रधानमन्त्रीको मुख्य ध्यानमा सरकारमा केन्द्रित भएकाले पछिल्लो समय पार्टीका गतिविधिमा शिथिलता आएपछि कार्ययोजना बनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस