काठमाडौँ । चितवनका सिडिओसहित तीन सहसचिवको सरुवा भएको छ ।
गृह मन्त्रालयले बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा तान्दै त्यहाँको सिडिओमा सहसचिव प्रकाश पौडेललाई पठाएको छ ।
त्यसैगरी गृह मन्त्रालयमा रहेका गोविन्द प्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा पठाइएको छ । अध्यागमनका तत्कालीन महानिर्देशक कोशहरि निरौलाको केही दिन अगाडी सरुवा भएसँगै सो पद रिक्त रहँदै आएको थियो ।
मन्त्रालयमा दर्जन बढी सहसचिवहरू बरन्डामा रहे पनि अझै व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । कतिपय जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीहरू पनि परिवर्तन गर्नुपर्ने भए पनि निर्णय लिन नसक्दा सहसचिवहरू जिम्मेवार विहीन भएका छन् ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार यसरी अतिरिक्तमा रहेका सहसचिवहरूलाई आज साँझसम्ममा थप व्यवस्थापन गरिने प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी प्राप्त भएको छ ।
सम्बन्धित समाचार : गृहलाई कर्मचारी व्यवस्थापन गर्नै सकस, चार महिनादेखिको बरन्डा होला त आज खाली ?
सम्बन्धित समाचार : महिनौँदेखि दर्जन सहसचिव बरन्डामा, कामै नलगाई खातामा तलब !