५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सहायक प्रमुख जिल्ला अधिकारीसहित ६जना उपसचिवहरूको सरुवा तथा पदस्थापन 

अ+ अ-

काठमाडौँ । ६ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ । गृह मन्त्रालयले बुधवार अपराह्न मन्त्रालय तथा मातहतका जिल्लामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित उपसचिवहरूलाई सरुवा तथा पदस्थापन गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार गृह मन्त्रालयका उपसचिव तेज राज शर्माको इलाका प्रशासन कार्यालय सिमरा, बारा, खिमलाल भुसालको कारागार कार्यालय, पर्सा, देवी पाण्डे खत्रीको जिल्ला प्रशासन कार्यालय, नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । यसैगरी गृहकै उपसचिव विजयराज सुवेदीलाई जिल्ला प्रशासन कार्यालयको धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ । 

प्राप्त विवरण अनुशार जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीलाई इलाका प्रशासन कार्यालय धरान सुनसरी र जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको विवरण ब्युरोलाई प्राप्त भएको छ । 

मन्त्रालयले केही दिनयता बरन्डा खाली अभियान शुरु गरेको छ । अधिकृतदेखि उपसचिवस्तरका कर्मचारीलाई महिनौँदेखि जिम्मेवारी नदिई राखिएको विषयमा चौतर्फी आलोचना भएसँगै मन्त्रालयले व्यवस्थापन शुरु गरेको हो । जसबारे प्रशासन डटकमले नियमित फलो अप गर्दै आएको छ । 

त्यसो त भए जति सबैलाई एकै पटक खाली गर्दा सहज हुने भएपछि अनेकतिरका इन्ट्रेष्टका कारण मन्त्री–सचिवलाई व्यवस्थापन गर्न कठिनाई भएको गृह विशेष स्रोत बताउँछ । ‘सचिवज्यू तत्काल व्यवस्थापन गरेर बरन्डा खाली बनाई हालौँ भन्नुहुन्छ र मन्त्रीज्यूले पनि ल अहिल्यै ल्याई हाल्नुस् सूची भन्नुहुन्छ तर राति १० बजेसम्म बसेर पनि सूची टुंगिदैन र भोली भनेर सबै घरतिर लाग्छन्’ ती स्रोतले प्रशासनसँगै भने । 

प्रतिक्रिया दिनुहोस