काठमाडौँ । अमेरिकाको वासिङ्टन डिसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किएको छ।
रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएको बिबिसीले उल्लेख गरेको छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।
ठोक्किएको हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार थिए भने अन्य खोजी भइरहेको बिबिसीले जनाएको छ ।
६० यात्रु र चालक दलका चार सदस्य जना सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट उडेको थियो ।
वाशिङटन डिसीको रोनल्ड रेगन विमानस्थलको धावनमार्ग ३३ मा अवतरण गर्ने तयारीका क्रममा हेलिकप्टरसँग आकाशमा ठोक्किएको र पोटोम्याक नदीमा खसेको जनाएको छ ।