११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेश सभालाई सम्बोधन गर्दै छन्।

प्रधानमन्त्रीले प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रममा प्रदेशको मुख्य विपक्षी दल नेकपा माओवादी केन्द्रले भने बहिष्कार गर्ने चेतावनी दिएको छ।

प्रदेश सरकारले आफूहरूसित छलफल नगरेको भन्दै माओवादीले ‘यथास्थितिमा प्रधानमन्त्रीको सम्बोधनमा सहभागी नहुने’ बताएको छ।

‘अहिलेसम्म औपचारिक रूपमा कुनै खबर पनि आएको छैन, छलफल पनि भएको छैन,’ माओवादी केन्द्र कोशी संसदीय दलका नेता इन्द्र आङ्बोले भने, ‘विपक्षी दल सरकारको कारिन्दा होइन। मुख्यमन्त्रीले हामीले उठाएका गम्भीर सवालहरूको जबाफ दिनुभएको छैन। विपक्षी दलका नेताहरूले बोल्दा मुख्यमन्त्री प्रदेश सभामा अनुपस्थित रहने गर्नुभएको छ। हामी चाहिँ सरकारले बोलाउनासाथ लुरुक्क परेर प्रधानमन्त्रीको सम्बोधन सुन्न जाने कुरा हुँदैन। यथास्थितिमा हामी जाँदैनौँ।’

कोशीका सभामुख अम्बरबहादुर विष्टका अनुसार मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री ओलीले प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली मंगलबार नै पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस