काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले जिम्मेवारी सम्हालेका छन् ।
३ महिना १४ दिनपछि गुरागाईँ आफ्नो नियमित जिम्मेवारीमा फर्किएका हुन् ।
कर्मचारी र जनप्रतिनिधिहरूको सहयोगमा उनी आज कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका छन् ।
काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेको पुष्टि गरे ।
भोलिदेखि सबै काम सहज हुने बताउँदै उनले भने, ‘उहाँले आफ्नो पदभार सम्हाल्नुभएको छ । अब सबै वातावरण सहज भइसक्यो । रोकिएको तलब सुविधा पनि खुल्छ ।’







