काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विनाशकारी भूकम्पको १० वर्ष पुगेको दिन वैशाख १२ गते गोरखा भूकम्पको इपिसेन्टर बारपाकमा आयोजना हुने कार्यक्रममा सहभागी हुने भएका छन् ।
संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बारपाकमा आयोजना हुने स्मृति कार्यक्रममा सहभागी हुन अध्यक्ष ‘प्रचण्ड’,नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू जाने बताएका हुन् ।
बारपाक अध्यक्ष ‘प्रचण्ड’ निर्वाचित भएको निर्वाचन क्षेत्रमै पर्ने भएकाले त्यहाँ सहभागी भएर आएपछि निजामती र शिक्षा विधेयकमा विपक्षी दलहरूको साझा धारणा बनाउन प्रतिपक्षी दलको बैठक राखिने पाण्डेले बताएका छन् ।