काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलबीच लामो समयपछि भेटवार्ता भएको छ ।
केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ ।
उनीहरुबीच बजेटलाई लक्षित गरेर कार्यपालिका बैठक तत्काल राख्ने र अन्य विवादको विषय हल गर्दै जाने कुरो भएको बताइएको छ ।
बैठक कहिलेको लागि भनेर निश्चित भएको छैन ।







