२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौशालाकी उप–प्रमुख महतोलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरी लगाएर गेटमै अवरोध

अ+ अ-

महोत्तरी । गौशाला नगरपालिकाकी उपप्रमुख रेनु कुमारी महतोलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ। मंगलबार बिहान ८ बजे बोलाइएको कार्यपालिका बैठकमा सहभागी हुन १० बजे कार्यालय पुगेकी उपप्रमुख महतोलाई नगरप्रहरीले गेटमै रोकेको उनले बताएकी छन्।

नगरप्रहरीले माथिको आदेश भन्दै प्रवेशमा अवरोध गरेपछि उपप्रमुख महतोले सामाजिक सञ्जालमा भिडियोमार्फत आफूमाथि अन्याय भएको गुनासो व्यक्त गरेकी छन्। भिडियोमा उनले नगरप्रहरीले माथिको आदेशअनुसार प्रवेश रोकेको उल्लेख गरेकी छन्।

यो अवस्था उपप्रमुख महतोले सोमबार कार्यालयका महत्त्वपूर्ण कागजात कर्मचारीबाट खोसेर घर लगेको घटनापछि सिर्जना भएको बताइएको छ। उपप्रमुख महतोले अनुगमनका क्रममा ती कागजात माग गरेको दाबी गरेकी छन्। यस घटनाले नगरपालिकाको आन्तरिक वातावरण तनावपूर्ण बनेको छ।

नगरप्रमुखले उपप्रमुखलाई कार्यालय प्रवेश गर्न नदिने आदेश दिएको उनले बताएकी छिन् । ‘जनताबाट निर्वाचित प्रतिनिधिलाई अराजकता फैलाएर गुन्डा र लठैत शैलीमा गेट बन्द गरी प्रवेशमा रोक लगाइएको छ, यस्तो अवस्थामा मैले जनताको काम कसरी सम्पादन गर्ने ?’ उनले भनेकी छिन् ‘अनियमितताविरुद्ध आवाज उठाउँदा मलाई नगरपालिकाभित्रै प्रवेश गर्न रोकिएको छ।’

उपप्रमुख महतोले यो कदम अनियमितताविरुद्ध बोलेको कारण भएको दाबी गरेकी छन्। उनले गेटमै पुगेर नगरप्रमुखको निर्णयप्रति आक्रोश व्यक्त गरेकी छन्।

घटनाबारे बुझ्न नगरप्रमुख डा. दीपेन्द्र महतोसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन्। यस्तै, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीले पनि फोन उठाएनन्।