२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा र राप्रपाद्वारा मन्त्रीहरूको जवाफ बहिष्कार

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ बहिष्कार गरेको छ ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै आएका छन् । सांसदहरूको विरोधका बीच सभा सञ्चालन हुँदै आएको छ । यस्तोमा रास्वपाका सांसदहरूले वेलमा बसेर विरोध गर्दै आएका थिए ।

सोमबार मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । कार्यसूची अनुसार सभामुखले जवाफका लागि मन्त्रीहरूलाई बोलाएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।

राप्रपाका सांसदहरू त्यस अगाडि नै बाहिरिएका थिए ।

सभाबाट बाहिरिनु अगाडि रास्वपाका सांसद शिव नेपालीले जनताको कुरा उठाउनु आफूहरूको अपराध नरहेको बताए । बरु भिजिट भिसाको नाममा युवालाई विदेशमा बेच्नु घोर अमानवीय कार्य हो । यस्तो गम्भीर अपराधमा सरकार मौन रहेको बताए ।

‘अपराधीलाई कारबाही गर्नुको सट्टा राज्यले बचाउन खोजिरहेको छ’, सांसद नेपालीको प्रश्न छ, ‘यस्तो गम्भीर अपराधमा पनि प्रमुख दुई ठूला दलको सरकार किन मौन छ रु यो सरकारको अपराधिक गिरोहसँग कुनै साँठगाँठ त छैन ?’

आफूहरू कुनै दल वा नेताको विरोधमा नरहेको भन्दै उनले मानव तस्करी, कुशासन र भ्रष्टाचार विरुद्ध अभियानमा रहेको बताए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको आग्रह छ । यो प्रकरणमा संसदीय छानबिन समिति वा उच्च स्तरीय न्यायिक छानबिन समिति गठन हुनुपर्ने उनको अडान छ ।

आफूहरूको माग सुनुवाइ नभएको भनेर उनले मन्त्रीको जवाफ नसुन्ने उद्घोष गरे । त्यसपछि सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् ।