काठमाडौँ । लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले सोमबार एक सूचना जारी गरी सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
सशस्त्र प्रहरी बल नेपालको वि.नं. १०/०८१-८२ (खुला र समावेशी), सशस्त्र प्रहरी बल नेपाल सेवा, साधारण समूह, लेखा उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरेको छ ।


यस्तै आयोगले वि.नं.०९/०८१-८२ (खुला), सशस्त्र प्रहरी बल नेपाल सेवा, साधारण समूह, कानुन उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा पनि प्रकाशन गरेको छ ।








