२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिकाका पूर्व अध्यक्षविरुद्ध मिटरब्याजको उजुरी, पटक पटक छलफल गर्दा पनि जुटेन सहमति

अ+ अ-

काठमाडौँ । मोरङको कटहरी गाउँपालिका पूर्वअध्यक्ष रामकुमार कामतविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजको उजुरी परेको छ । उनी २०७४ सालमा निर्वाचित पालिका अध्यक्ष पनि हुन् ।

मिटरब्याजको उजुरी परेका कारण दुई पक्षलाई बोलाएर पटक–पटक जिल्ला प्रशासनमा छलफल भइरहेको तर सहमति भने जुट्न नसकेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता विनोद कुमार पोखरेलले जानकारी दिए ।

अध्यक्षबाट ८ लाख रुपैयाँ ऋण लिँदा आफ्नो २ करोडको जग्गा उनले हडपिएको आरोप पीडितले लगाएका छन् । पूर्वअध्यक्ष कामतले भने निवेदकसँग नभई अर्कैसँग जग्गा किनेको दाबी गर्दै आएका छन् ।

२०७१ सालमा उक्त गाउँपालिका–२ की रामवती राजवंशीलाई ८ लाख रुपैयाँ चाहिएको थियो । उनले आफ्नो ५ कठ्ठा जग्गा डम्बरकुमारी दाहालको नाममा रजिस्ट्रेसन पास गरेर ५ लाख र ३ कठ्ठा जग्गा लिलावती यादवको नाममा पास गरेर ३ लाख रुपैयाँ लिएकी थिइन् । उनले दुवैको सावाँ र ब्याज तिरिन् । तर जग्गा आफ्नो नाममा भने पाइनन् ।

लिलावतीले रामवतीको जग्गा सन्तोषकुमार मण्डलको नाम हुँदै कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतको नाममा पुग्यो । डम्बरकुमारी दाहालको नाममा पास गरेको जग्गा पनि कामतकै नाममा पुग्यो । आफ्नो जग्गा कामतको नाममा पुगेपछि रामवतीले फिर्ता मागिन् । तर कामतले फिर्ता दिएनन् । करिब २ करोड मूल्य पर्ने सो जग्गा आफ्नो नाममा आएपछि उनले रामवतीको परिवारलाई फिर्ता दिएनन् ।

हाल पीडित परिवार भने अर्काको जग्गामा बसिरहेको छ । १० वर्षसम्म जग्गा फिर्ता नपाएपछि पीडित परिवार २०८१ जेठमा जिल्ला प्रहरी कार्यालय मोरङ हुँदै अहिले जिल्ला प्रशासन कार्यालयमा पुगेको छ । प्रशासन कार्यालयमा पनि उक्त विषयमा धेरै पटक छलफल भइसकेको छ । तर टुङ्गो भने लाग्न सकेको छैन ।