२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री न्यौपानेले भनिन्-‘संघीयता बलियो बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण’ 

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीयता बलियो बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने बताएकी छन् । 

तनहुँको देवघाट गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा मन्त्री न्यौपानेले संघीयता सुदृढ र बलियो बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेकी हुन्। 

मन्त्री न्यौपानेले संघीय निजामती ऐन चालु संसद् अधिवेशनमा पारित हुने बताइन् । मन्त्री न्यौपानेले मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी मापदण्ड बनाउँदै गरेको बताउँदै गुनासो सुनुवाइ संयन्त्र स्थापना गरिसकेको उल्लेख गरिन् । उनले भनिन्, “निजामती ऐन आइसकेपछि धेरै समस्या समाधान हुनेछन् । त्यसलाई छिटो जारी गर्नुपर्छ भनेर सरकार त्यही ढंगबाट अगाडि बढेको छ ।”

मन्त्रालयका छ वटा महाशाखा र १९ वटा शाखामा भइरहेका समस्याको बारेमा आफूले जानकारी लिएको जनाउँदै त्यसलाई क्रमशः समाधान गर्दै लगिने मन्त्री न्यौपानेले बताइन् । तीन तहको सरकारबीच समन्वय र सहकार्यबाट मात्रै देश विकास सम्भव रहेको बताउँदै मन्त्री न्यौपानेले संघीयता सुदृढ गर्नुको विकल्प नरहेको चर्चा गरिन् । देशका सबै स्थानीय तहमा भइरहेको कर्मचारीको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो । 

मन्त्री न्यौपानेले देवघाट ऐतिहासिक एवं धार्मिक गन्तव्य स्थल भएकाले यसको विकासका लागि संघीय सरकारले ध्यान दिने प्रतिबद्धता जनाइन् । त्यसक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले स्थानीय तहमा कर्मचारीको अभाव हुँदा काम गर्न समस्या भइरहेको बताइन् ।