२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’-मन्त्री न्यौपाने

अ+ अ-

तनहुँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ बनाउने अभियानमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएकी छन् । 

तनहुँ उद्योग वाणिज्य संघले आज दमौलीमा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उनले दलगत आस्थाभन्दा माथि उठेर तनहुँको विकासमा लाग्नुपर्ने बताइन् । मन्त्री न्यौपानेले विकास निर्माणमा राजनीति नगरी एकताबद्ध भएर हातेमालो गर्न सबैलाई आग्रह गरिन् । 

उनले उद्योग व्यवसायमार्फत देश विकासमा लागिरहेका सम्पूर्ण व्यवसायीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गरिन् । “समाज परिवर्तनका लागि लागिरहनुभएका उद्योगी व्यवसायीका समस्या समाधानबारे म पनि जानकार छु । निजी क्षेत्र विकासको मुख्य सम्वाहक भएकाले यहाँहरूका समस्या समाधानमा सरकार प्रतिबद्ध छ र मेरो तर्फबाट आवश्यक सहजीकरण गर्न म सधैँ तयार छु”, मन्त्री न्यौपानेले भनिन् । 

कार्यक्रममा संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले व्यवसायमा अनेक किसिमका समस्या आउँदा आफूहरू मर्कामा परेको बताइन् । संघका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष इमकुमार मल्लले व्यावसायिक वातावरण राम्रो बनाए मात्र देशको अर्थतन्त्र सुधार हुने भन्दै यसमा ध्यान दिन आग्रह गरे।