२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा नाबालक परिचयपत्र लिने बालबालिकाको संख्यामा वृद्धि

अ+ अ-

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट नाबालक परिचयपत्र लिने बालबालिकाको संख्या पछिल्लो समय बढ्दै गएको छ । अभिभावक वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गएसँगै बसाइँसराइ गर्ने गरी  परिचयपत्र लिने बालबालिकाको संख्यामा वृद्धि भएको  हो ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा दुई सय ९३ बालिका र तीन सय १३ बालक गरी छ सय छ बालबालिकाले नाबालक परिचयपत्र लिएका थिए ।  प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले छ सय जनाले नयाँ नाबालक परिचयपत्र लिएका छन् भने छ जनाले प्रतिलिपि लिएका जानकारी दिए । अभिभावक वैदेशिक रोजगारीमा गएपछि परिवारलाई लैजाने क्रमसँगै नाबालक परिचयपत्र लिने बालबालिकाको संख्या विगतका वर्षमा भन्दा बढेको जनाइएको छ । 

आव २०८०/८१ मा पाँच सय २९ बालबालिकाले नाबालक परिचयपत्र लिएका छन् । सो अवधिमा पाँच सय १५ बालबालिकाले नयाँ नाबालक परिचयपत्र लिएका थिए भने १४ जनाले प्रतिलिपि लिएका कार्यालयको तथ्यांकमा उल्लेख छ । आव २०७९/८० मा चार सय ३९ बालबालिकाले नाबालक परिचयपत्र लिएका थिए । कोभिड महामारीका  कारण वैदेशिक रोजगारीमा जाने क्रम यस्तो परिचयपत्र लिने क्रम कम भए पनि पछिल्लो समय बढ्ने क्रममा रहेको छ ।

आव २०७८/७९ मा दुई सय ७८, आव २०७७/७८ मा एक सय ८६ बालबालिकाले नाबालक परिचयपत्र लिएका तथ्यांकमा उल्लेख छ । अभिभावकसँगै बालबालिकाको पनि बसाइँसराइ हुने भएकाले नाबालक परिचयपत्र लिने बालबालिकाको संख्या वृद्धि हुनसक्ने प्रजिअ अधिकारीले बताए । 

उनका अनुसार बालबालिकासहित स्वदेशभन्दा बढी वैदेशिक बसाइँसराइ बढ्दो क्रममा छ । यसले नाबालक परिचयपत्र लिने बालबालिकाको तथ्यांक नै बढिरहेको छ । स्वदेश केही पनि छैन भन्ने भ्रमले पनि पूर्ण रूपमा बसाइँसराइ गर्ने गरी नाबालक परिचयपत्र बनाउने क्रम बढेको छ ।

उनले भने, “सामाजिक सञ्जाललगायत एकापसमा कुराकानी गर्दा नेपालमा केही छैन भन्ने नकारात्मक सोचले विक्षिप्त भएर विदेशिने क्रम बढेको छ । जसले तथ्यांकमा बालबालिकाको नाबालक परिचयपत्र बन्ने क्रम बढ्दो देखिन्छ ।” स्वदेशमा पनि गरे सहज छ भन्ने सोचको विकास गर्नुपर्ने अवस्था रहेको उनको बुझाइ छ । युवालाई स्वदेशमै रहने गरी शिक्षा, स्वास्थ्यसँगै शैक्षिक तथा सीपका आधारमा रोजगारीको व्यवस्थापन आवश्यक रहेको प्रजिअ अधिकारीले औँल्याए ।

उनले भने “स्वदेश आम नागरिकलाई आवश्यक सेवा सुविधाको विकास भइरहेको छ । तर, अहिले युवामा बढी राजनीतिक, सामाजिक तथा पारिवारिक भविष्यको चिन्ताले विदेशिने गरेका पाइन्छन् । यस्ता कार्यलाई रोक्न वा न्यूनीकरणका निम्ति प्रोत्साहित तथा स्वदेशमै रहने वातावरण बनाउन तीनै तहको सरकारले ध्यान दिनुपर्ने अवस्था छ ।”