२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनका घाइते तथा अपांगको सूची अद्यावधिक गरिँदै

अ+ अ-

काठमाडौँ। सरकारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनका घाइते तथा अपांगको सूची अद्यावधिक गर्ने भएको छ ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले यस्तो जानकारी दिएका हुन् ।

मन्त्री चौरसियाका अनुसार शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम शीघ्र सम्पन्न गर्ने सरकारको प्रतिबद्धता छ । शान्ति प्रक्रिया र द्वन्द्व रूपान्तरणका क्रममा भएका सहमति समझदारी एवम् सम्झौताको एकीकृत अभिलेख तयार गर्ने कार्य अगाडि बढेको छ ।

‘जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तनको आन्दोलनका घाइते तथा अपाङ्गको सूची अद्यावधिक गर्न र समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठनको कार्य गरिँदै छ।’ मन्त्री चौरसियाले भने ।

उनका अनुसार सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारका अवसर र आर्थिक सहायता उपलब्ध गराई पुनः स्थापना र परिपूरण लगायतका कार्य गर्न शान्ति कोषको व्यवस्था गरिँदै छ ।

आर्थिक वर्ष २०८१/८२ को कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित बजेटमार्फत द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुन:स्थापना लागि शान्ति कोष स्थापना गरी १ अर्ब विनियोजन गरिएको छ ।

मन्त्री चौरसियाका अनुसार राजनीतिक परिवर्तनका लागि सशस्त्र संघर्ष लगायतका आन्दोलनका योद्धाहरूलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइँदै छ ।द्वन्द्वका क्रममा अपांग भएका व्यक्तिहरूको अपांगता प्रतिशतलाई पुनरावलोकन तथा पुनर्निर्धारण गरी औषधी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताललाई डेडिकेटेड अस्पतालका रूपमा तोकिएको छ ।

मन्त्री चौरसियाले कानूनी शासनको प्रत्याभूति गरी मानव अधिकार संरक्षणलाई उच्च प्राथमिकता दिइएको बताए । न्याय प्रणालीलाई छिटोछरितो, प्रभावकारी, अनुमानयोग्य र पहुँचयोग्य बनाउन सूचना प्रविधिको प्रयोग गरिएको उल्लेख गर्दै अगाडि भनेका छन्,’न्यायिक जनशक्तिको क्षमता विकास गरिनेछ नि:शुल्क कानूनी सहायता कार्यक्रमलाई सबै जिल्लामा विस्तार गरिँदै छ।’