काठमाडौँ। घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जितेन्द्रबहादुर शाह पदमुक्त भएका छन् । पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै शाह पदमुक्त भएका हुन् ।
शाहले २०८० असार १२ गते नगर प्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा बुझाएका थिए । त्यसको दुई वर्ष पछि उक्त राजीनामा स्वीकृत भएको हो ।
नगर प्रमुख चौधरीका अनुसार आफूले गएको वर्ष असारमा राजीनामा स्वीकृत गरेको र सोमबार भएको कार्यपालिका बैठकबाट अनुमोदन गराएको बताए ।
एमालेबाट निर्वाचित शाहले बजेटमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका थिए ।
सम्बन्धित समाचार : बजेटमा असन्तुष्टि जनाउँदै वडाध्यक्षले दिए राजीनामा
आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहालिदिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
पार्टीको नीति विपरीत कार्य गरेको भन्दै वडाध्यक्ष शाहलाई एमालेले २०८१ माघमा कारबाही गरेको थियो ।
सम्बन्धित समाचार : एक वडाध्यक्ष एमालेबाट निष्कासित
उनको राजीनामा स्वीकृत भएपछि ज्येष्ठताका आधारमा चूडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ । शाह काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष विजयी भएका थिए ।







