२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मितेरी पुलको स्थानमा तत्काललाई बेलिब्रिज बनाउने तयारी, कामदार पठाउन चीनले माग्यो स्वीकृति

अ+ अ-

काठमाडौँ । डेढ महिनाअघि तिब्बततर्फबाट आएको बाढीले बगाएको नेपाल-चीन जोड्ने मितेरी पुलको स्थानमा तत्काललाई बेलिब्रिज बनाउने तयारी गरिएको छ । चिनियाँ पक्षको सहयोगमा बेलिब्रिज बनाउने गरी तयारी अघि बढेको हो ।

गृह मन्त्रालयका अनुसार, नेपाल-चीन जोड्ने प्रमुख व्यापारिक नाका ठप्प भएको अवस्थामा तत्काल खुलाउने प्रयास भइरहेको छ ।

नेपाली पक्षबाट चाँडै अनुमति प्राप्त भए तीन महिनाभित्रमै बेलिब्रिज जडानको काम गरिसक्ने चिनियाँ पक्षले प्रतिबद्धता जनाएको बताइएको छ ।

त्यसका लागि ८१ जना चिनियाँ कामदार, आवश्यक औजार, उपकरण र अन्य सामग्री ल्याउन चिनियाँ अधिकारीहरूले अनुमति मागेका छन् । त्यसका लागि अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय, रसुवाले दुई दिनअघि मन्त्रालयमा पत्र पठाएको थियो ।

रसुवामा २४ असारमा बाढी गएलगत्तै बसेको विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणको बैठकले मितेरी पुल निर्माणका लागि चीनसँग अनुरोध गर्ने निर्णय गरेको थियो । पहिले चीनकै सहयोगमा बनेको भन्दै त्यसका लागि फेरि चिनियाँ पक्षलाई नै अनुरोध गर्ने निर्णय थियो ।