२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीमा कर्फ्यु आदेश जारी

अ+ अ-

काठमाडौँ । जेन जेड पुस्ताका युवाहरूको कार्यक्रम आन्दोलन उग्र भएपछि धनगढीमा कर्फ्यु जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले कर्फ्यु जारी आदेश गरेको हो।

उनीहरूले धनगढीको उत्तरबेहडीमा रहेको टेम्पल रिसोर्टमा रहेका सरकारी गाडीहरूमा पनि आगजनी गरेका छन्।

रिसोर्टमा सरकारी कार्यक्रम चलिरहेको थियो। पार्किङमा राखिएका गाडीहरूमा आगजनी गरिएको हो।

यसअघि जेन जेड पुस्ताका युवाहरूले धनगढीमा रहेको शेरबहादुर देउवाको निवासमा आगजनी गरेका छन् भने मुख्यमन्त्री कार्यालयमा पनि तोडफोड गरेका छन्। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको देउवाको निवासमा युवाहरूले केही बेरअघि आगजनी गरेका हुन्।

देउवा निवास मर्मत भइरहेकै थियो। नाराबाजी गर्दै निवासमा पुगेका युवाहरूले आगजनी गरेका हुन्। यस्तै मुख्यमन्त्री कमलबहादुर शाहले चढ्ने गाडीमा पनि प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्। मुख्यमन्त्री कार्यालय भित्रै प्रवेशको तयारी गरेका उनीहरूले कार्यालय बाहिर राखिएको गाडीमा तोडफोड गरेका हुन्।