२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषामा शान्ति–सुरक्षा सामान्यीकरण, आइतबारदेखि नागरिकता वितरणसहित सेवा सुचारु हुने

अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशको राजधानी धनुषास्थित जनकपुरधाममा केही दिनयता तनावपूर्ण बनेको शान्ति–सुरक्षाको अवस्था क्रमशः सामान्यीकरण हुँदै गएको छ ।

जेन जेडको आन्दोलनका कारण प्रभावित धनुषा जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, विभिन्न मन्त्रालय, सरकारी कार्यालयदेखि राजनीतिक दलका नेताका निवाससम्म आन्दोलनकारीको मुख्य निशाना बनेका थिए । विशेष गरी जिल्ला प्रशासन कार्यालय धनुषामा रहेको राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखामा ठूलो क्षति पुगेको छ ।

प्रशासनका अनुसार तयार भइसकेका थुप्रै पासपोर्ट र परिचयपत्र आन्दोलनकारीले लगेका छन् भने केही तोडफोड गरी ध्वस्त बनाइएका छन् । शाखामा प्रयोग हुँदै आएका महत्त्वपूर्ण क्यामेरा र कम्प्युटर लुटपाटमा परेका छन् । बाँकी रहेका उपकरण पनि फुटाइएकाले तत्काल ती सेवाहरू सञ्चालन गर्न कठिन भएको प्रशासनले जनाएको छ । यद्यपि, नागरिकता वितरणलगायत अन्य प्रशासनिक सेवा भने सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय धनुषाले स्पष्ट पारेको छ ।

२०८२ भदौ २७ गतेदेखि लागू भएको निषेधाज्ञा र कर्फ्यु क्रमशः हटाउने निर्णयसमेत गरिएको छ । शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएकाले कार्यालयहरूलाई सेवा प्रवाह सुचारु गर्न प्रशासनले आग्रह गरेको छ ।

जिल्लामा भएको क्षतिको विवरण संकलन भइरहेको र तथ्याङ्क व्यवस्थित गर्ने काम अघि बढाइएको सप्रजिअ उमेश दाहालले जानकारी दिए । उनका अनुसार कहाँ कति क्षति भयो भन्ने यकिन विवरण अझै संकलन प्रक्रियामै छ ।

प्रशासनले आउँदो २०८२ भदौ २९ गते आइतबारदेखि नागरिकता प्रदानसहित प्रशासनिक सेवा सुचारु गर्ने तयारी गरेको छ ।