काठमाडौँ । लोक सेवा आयोगको सिफारिसमा २०६८ साल भदौ २८ गते शाखा अधिकृतमा नियुक्त कर्मचारीहरूको साझा समूह ब्याट-२६ ले आफ्नो स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वका साथ मनाउने उद्देश्यका साथ नेपाल प्रहरीलाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग गरेको छ।
हरेक वर्ष भदौ २८ गते विभिन्न कार्यक्रमसहित वार्षिकोत्सव मनाउँदै आएको समूहले यस वर्ष मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण औपचारिक कार्यक्रम नगरी, जेन जेड आन्दोलनका क्रममा भएको क्षतिप्रति सहानुभूति प्रकट गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।







