काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभाग (राअवि)को मुख्य अनुसन्धान निर्देशक (प्रमुख)मा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ।
आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीको नियुक्ति गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिएका छन्।
विभागको प्रमुख बन्ने प्रतिस्पर्धामा कार्कीसँगै ओमप्रकाश जोशी पनि रहेका थिए। तर कार्यक्षमता र संगठनलाई प्रभावकारी नेतृत्व दिने क्षमताका आधारमा कार्कीलाई नियुक्त गरिएको ती अधिकारीको भनाइ छ।
विभागका तत्कालीन प्रमुख हुतराज थापा अवकाश गएपछि पद रिक्त रहेको थियो।







