२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काटिने भनेको २० प्रतिशत दरबन्दी सेवाग्राहीको चाप रहने निकायमा गाभिने 

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय र कार्यालयबाट काटिने २० प्रतिशत दरबन्दी सेवाग्राहीको चाप रहने निकायमा गाभिने भएको छ। कर्मचारी अभावकै कारण सेवा प्रवाहमा देखिएको ढिलासुस्ती तथा विलम्ब हटाउने आवश्यकता भन्दा बढी रहेका दरबन्दी काटेर आवश्यक कार्यालयमा गाभिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले प्रशासनलाई जानकारी दिएको हो । 

गत मङ्गलवार सिंहदरवारमा मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिव स्तरीय बैठकले संशोधित दरबन्दी संरचना औसतमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो । सो सँगै कुन कुन निकायमा के कसरी दरबन्दी काटिने भन्नेबारे अन्यौलता छाएको थियो । 

अनावश्यक देखिएका सरकारी संरचना वा निकायलाई खारेज गर्ने, आवश्यकताअनुसार गाभ्ने तथा हस्तान्तरण गर्ने प्रक्रिया तत्काल अघि बढाउने निर्णयबारे समग्रमा दरबन्दी घटाउने नभई सेवा प्रवाहलाई चुस्त बनाउन कर्मचारी अभाव रहेका निकायमा गाभ्ने योजना भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।

“सबै कार्यालयबाट २० प्रतिशत काटिने वा बढुवालगायत लोक सेवा नै रोकिने भन्ने होइन। बढी भएका निकायबाट काटेर अपुग निकायमा गाभ्ने मात्र हो,” ती स्रोतले स्पष्ट पारे।

यससँगै हाल कर्मचारी अभावमा सेवाग्राहीलाई छिटो र छरितो सुविधा दिन नसकिरहेका जिल्ला प्रशासन, यातायात, नापी, मालपोत, वैदेशिक रोजगार, अध्यागमनलगायत निकायमा दरबन्दी थपिनेछ। 

आवश्यकता भन्दा बढी दरबन्दी भएका निकायबाट करिब २० प्रतिशत घटाएर यस्ता निकायमा गाभिएपछि सेवा ढिलासुस्ती कम हुने अपेक्षा गरिएको अधिकारीहरूले जनाएका छन्।