२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ सय सरकारी गाडीसहित लुम्बिनीमा १३२ कार्यालय आगजनी र तोडफोड

अ+ अ-

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा १३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको छ भने ६ सय सरकारी गाडी जलेका छन् ।

आन्दोलनका क्रममा ६७ निजी सम्पत्तिमा तोडफोड, ५२ राजनीतिक दलका पार्टी कार्यालय र १४ वटा प्रहरी कार्यालयमा आगलागी र तोडफोड गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कति मूल्यको क्षति भन्ने विवरण आउन बाँकी रहेको छ। प्रदेश सरकारले यसको सबै तथ्यांकसहितको डाटा निकाल्ने जनाएको छ । काठमाडौँमा २३ गतेको प्रदर्शनमा बाँकेका २ र अर्घाखाँचीका १ गरी तीन जनाको मृत्यु भएको छ भने त्यसपछि २५ गते बाँकेको बाल सुधार गृहमा भएको झडपमा ५ जनाको मृत्यु भएको छ।

दाङ, कपिलवस्तु, परासीसहितका कारागारबाट भागेका १ हजार २७० कैदी बन्दीमध्ये ४६० जना फर्किसकेका छन् । त्यस्तै २९९ भागेका थुनुवामध्ये ८६ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

आन्दोलनका क्रममा लुम्बिनी प्रदेशअन्तर्गत सबैभन्दा बढी दाङ जिल्लामा क्षति भएको छ । जसमा ७० वटा संरचनामा तोडफोड र आगजनी भएको छ । त्यसपछि रुपन्देहीमा ५९, पश्चिम नवलपरासी ४७, बाँकेमा ३२, कपिलवस्तुमा १८, अर्घाखाँचीमा १३, बर्दियामा ४, गुल्मीमा ३ संरचनामा क्षति पुगेको छ ।

आन्दोलनका क्रममा प्रदेशका तराईका ४ जिल्लाका १४ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ । जसमा सबैभन्दा धेरै रुपन्देहीमा ७ वटा, दाङमा ३ वटा, बाँकेमा २, पश्चिम नवलपरासीमा २ वटा कार्यालय जलेर क्षति पुगेको छ । पाल्पा, रोल्पा, रुकुमपूर्वमा कुनै क्षति भएको छैन भने गुल्मी र प्युठानमा पार्टी कार्यालयमा क्षति पुराइएको छ ।

प्रदर्शनका क्रममा भौतिक पूर्वाधार, सरकारी दस्तावेज, महत्वपूर्ण सामाग्री र सवारी साधन जलाइएको छ । आगजनी हुने सरकारी कार्यालयहरूमा स्थानीय तहका प्रशासनिक भवन, वडा कार्यालय, अदालत, मालपोत, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय र इलाका प्रशासन कार्यालय छन् । निजीतर्फ राजनीतिक दलका नेता, जनप्रतिनिधि, नेतासँग निकट व्यवसायीका घर र व्यवसाय निसानामा परेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले तयार गरेको प्रारम्भिक तथ्यांक अनुसार प्रदेशमा साना-ठूला गरेर ६ सयभन्दा बढी सरकारी कार्यालयका गाडी जलाइएको छ । प्रदेश प्रहरीका अनुसार बाँके जिल्लामा धेरै क्षति पुर्‍याइएको छ । बाँकेको नेपालगन्ज भन्सार कार्यालयमा लिलामीका लागि राखिएका दुई सयभन्दा बढी कार, भ्यान र मोटरसाइकल जलेर नष्ट भएका छन् । त्यस्तै नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका एम्बुलेन्ससहित करिब एक सय गाडी जलेका छन् ।

त्यसपछि दाङमा धेरै सवारी साधन जलाइएको छ । दाङमा १ स ८९ सवारीसाधन जलाइएको प्रहरीले जनाएको छ । रुपन्देहीमा सरकारी भवन र त्यहाँ आवश्यक सामाग्री जलाएर नष्ट गरिए पनि सवारी साधनमा कम क्षति पुगेको छ । रुपन्देहीमा लोकसेवा आयोगका चारवटा गाडी तथा मोटरसाइकल र स्कुटर गरी ११ वटा, राष्ट्रिय वाणिज्य बैंक, श्रम कार्यालय र इलाका प्रशासन कार्यालय बुटवलको एक-एकवटा गाडी नष्ट भएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेका ५ सरकारी गाडी जलेर नष्ट भएका छन् । पश्चिम नवलपरासीमा पाँचवटा चारपाङ्ग्रे र १५ वटा दुईपाङ्ग्रे सवारी साधन जलाइएको छ । भैरहवा भन्सारको पनि गाडी जलेको छ ।

बर्दियामा नगरपालिकाका दमकल, ट्याक्टर, एम्बुलेन्स र ११ वटा सरकारी मोटरसाइकल पूर्णरूपमा नष्ट भएका छन् । अर्घाखाँचीमाँ ५ वटा सरकारी सवारीसाधन पूर्ण रूपमा ध्वस्त भएका छन् । कपिलबस्तुमा ६ वटा सरकारी सवारी साधन आगजनीबाट ध्वस्त भएका छन् । प्रदर्शनकारीले जिल्ला अदालतमा रहेका पाँचवटा गाडी र एउटा मोटरसाइकल आगजनी गरी ध्वस्त बनाएका हुन् ।