काठमाडौँ । अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकायमा कार्यरत कर्मचारीले घुस मागे वा सेवा प्रवाहमा अनावश्यक ढिलासुस्ती गरे अब सिधै अर्थमन्त्रीलाई गुनासो गर्न सकिने भएको छ।
अर्थमन्त्री रामेश्वर खनालको इमेल रामेश्वर एट एमओएफ डटजीओभी डटएनपी वा गुनासो एट एमओएफ डटजीओभी डटएनपीमा इमेल गरेर गुनासो पठाउन सकिने अर्थ मन्त्रालयले जनाएको छ।
कर्मचारीले काम नगरेको, गर्नुपर्ने काम नगरेको वा अनुचित कामका लागि दबाब दिएमा समेत यसै माध्यमबाट उजुरी गर्न सकिने छ। मन्त्रालयका अनुसार, घुस वा रिसवत माग्दै काममा अवरोध, ढिलासुस्ती वा कठिनाइ भए तत्काल अर्थमन्त्रीलाई जानकारी दिन नागरिकलाई सुविधा गरिएको हो।








