बाजुरा । यहाँको त्रिवेणी नगरपालिका–२ चौसालका एक जनाको सर्पको टोकाइबाट मृत्यु भएको छ ।
स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिइन्।
उनकाअनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो ।







