२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘करारका कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ’ : मन्त्री खरेल

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले करार सेवामा रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताएका छन् । 

न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यालय अनुगमन तथा निरीक्षण गर्ने क्रममा आज उनले अन्य सरकारी कर्मचारीहरूले ‘पेन्सन’लगायत सुविधा पाउने भएकाले करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक रहेको बताए । 

मन्त्री खरेलले भने, “करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि तत्काल गृहकार्य गर्न आवश्यक छ । सबै सञ्चारकर्मीलाई पनि सो कोषको दायरामा ल्याउन सरकार लागिपरेको छ ।” 

उनले अनौपचारिक क्षेत्रलाई सामाजिक सुरक्षा कोषको दायरामा समेट्ने कामलाई सरकारले जोड दिएको बताए । 

सामाजिक सुरक्षा कोषको दायरामा हाल निजामती, औद्योगिक, श्रमिक तथा केही संस्थागत क्षेत्रका कामदारहरू मात्रै रहेका छन् । धेरैजसो करारमा आधारित कामदार तथा अनौपचारिक क्षेत्रमा कार्यरत नागरिकहरू अझै यस प्रणालीबाहिर रहेकाले ठोस नीति, बजेटको व्यवस्था तथा सचेतनामूलक अभियान सञ्चालन गर्दै जाने मन्त्री खरेलको भनाइ छ । 

समितिका अध्यक्ष संगीता खड्काले करारमा रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याइए हजारौँ कर्मचारीलाई दीर्घकालीन लाभ पुग्ने बताइन् । 

सरकारले श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली २०५३ को व्यवस्थाबमोजिम श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पारिश्रमिक निर्धारण, परिश्रमिकमा पुनरावलोकन, पदको तहगत वर्गीकरणलगायत कार्यका साथै सञ्चार प्रतिष्ठानको अनुगमनको निम्ति विसं २०६४ सालमा समितिको गठन गरेको थियो ।