काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ।
पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास भक्तपुर गुण्डुमा बसेको सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ।
महाधिवेशनको मिति र स्थान असोज २९ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकले निर्धारण गर्नेछ।
२०७८ सालमा १०औँ महाधिवेशन सम्पन्न गरेको एमालेले यसपटक विशेष परिस्थिति भन्दै एक वर्षअघि नै महाधिवेशन गर्न लागेको हो।
भदौ २३-२४ को जेनजी आन्दोलनपछि पार्टी पार्टेभित्र पुनर्गठन नवीनीकरणको माग तीव्र बनेको अवस्थामा एमालेले यो निर्णय महत्त्वपूर्ण मानिएको छ ।







