२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चमा ललितपुरको भन्दा पहिले काठमाडौँ महानगरको दमकल पुगेको नगर प्रहरीको प्रष्टीकरण

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आज बसेको ४३ औँ नगर कार्यपालिका बैठकमा भदौ २४ गते भएको आगजनीमा महानगरले समयमै दमकल परिचालन गर्न नसकेको विषयमा वडाध्यक्षहरूले प्रश्न उठाएका छन् ।

महानगरको विपद् व्यवस्थापन समितिले भने त्यसको प्रतिवाद गरेको छ ।

बैठकमा २३ र २४ गतेको घटनाबारे छलफल गर्ने कुनै एजेन्डा थिएन । यसलाई लिएर केही वडाध्यक्षले आपत्ति जनाए ।

वडा नम्बर ७ का वडाध्यक्ष विमल कुमार होडाले भने, ‘मलाई दुख लागेको छ। देशमा यत्रो घटना भयो, तर बैठकमा कुनै पनि एजेन्डा छैन । न मृतकलाई श्रद्धाञ्जली भनियो, न विध्वंसको भर्त्सना गरियो । यत्रो सम्पदा ध्वस्त गरिएकोप्रति हामीले आपत्ति जनाउनुपर्छ कि पर्दैन ।’

वडा नम्बर २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले पनि होडालाई साथ दिँदै भदौ २३ र २४ को घटनाबारे समीक्षा हुनुपर्ने बताए । यो एजेन्डा नराखिएकोमा उनले खेद नै व्यक्त गरे ।

उनले भने, ‘म यसमा खेद प्रस्ताव पेस गर्न चाहन्छु । देशेभरि क्षति भए पनि काठमाडौँमा प्रभाव बढी रह्यो । धेरै सम्पदा जलेर खरानी हुँदा हामीले टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न सकेनौँ । हामी पनि सुरक्षित थिएनौँ । डराएको जस्तो अवस्था थियो । यो हत्या, हिंसा र लुटपाट, आगजनीप्रति हामीले खेद व्यक्त गर्नुपर्छ ।’

श्रेष्ठले नेपालको ऐतिहासिक सम्पदा सिंहदरबार जलेर खरानी हुँदा रुन मन लागेको बताए । अब सिंहदरबारको पुनर्निर्माण गर्ने जिम्मा महानगरपालिकाले लिने प्रस्ताव समेत उनले गरे ।

श्रेष्ठले सबैतिर आगजनी हुँदा महानगरको दमकले समयमा परिचालन नभएको गुनासो गरे ।

उनले भने, ‘रेकर्ड हेर्दा टाइममै निस्केको देखिन्छ । तर ठुलो क्षति भइसकेपछि मात्रै पुगेको छ । छिमेकी महानगपालिकाबाट दमकल आएर आगो निभाइएको न्युज पढ्दा हामीलाई दुःख लाग्छ ।’

अन्य वडाध्यक्षहरूले पनि दमकल परिचालनमा भएको कमजोरीबारे प्रश्न उठाएपछि महानगर प्रहरीका एसपी तथा विपद् व्यवस्थापन समितिका संयोजक विष्णु प्रसाद जोशीले जवाफ दिएका थिए । उनले दमकल परिचालनमा अथक प्रयास गरिएको तर अवरोधका कारण सम्भव नभएको बताएका छन् ।