काठमाडौँ । बैतडीको पाटन नगरपालिका-६ का ट्रक चालक बिरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
बुधबार जिल्ला अदालत बैतडीले २०८१ असार १ गते चालक बिष्टको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालत बैतडीले जनाएको छ ।
हत्यामा संलग्न मृतक बिरभानकी बुहारी नाता पर्ने शिक्षिका समेत रहेकी भागरथी बिष्ट, पाटन-६ कै ३८ वर्षीय भरतमोहन बिष्ट, पाटन-१ का १९ वर्षीय राजेन्द्र भट्टराई र पाटन-६का २६ वर्षीय आशिष पहरीलाई जन्मकैदको फैसला सुनाइएको हो भने अर्का १८ वर्षमुनिका किशोरलाई १६ वर्षको कैद सजाय सुनाइएको छ ।
गाउँकै बुहारी नाता भागरथीको घरमा २०८१ असार १ गते हत्या गरी राखेको र त्यसको दुई दिनपछि पाटन-पञ्चेश्वर सडकखण्डको घङाल खोलामा शव फालिएको थियो । असार ३ गते बिरभानको शव सो स्थानमा फेला परेको थियो ।







