२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपचारबाट फर्के लगत्तै नेताहरूलाई बोलाएर देउवाले थाले भेटघाट

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपचारबाट फर्के लगत्तै नेताहरूलाई छलफलमा बोलाउन सुरु गरेका छन् । शुक्रबार राति सिंगापुरबाट फर्केका देउवाले शनिबार संस्थापन पक्षका चार नेतासँग सामूहिक छलफल गरेका हुन् ।

देउवालाई भेट्न चार नेता शनिबार साँझ उनको भाडाको निवासमा पुगेका थिए । जेन जेड आन्दोलनमा घाइते भएका देउवा उपचारपछि चुनदेवीमा बस्दै आएका छन् ।

शनिबार साँझ भएको छलफलमा प्रवक्ता डा. प्रकाश शरण महत, नेताहरू एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । देउवाले नेताहरूलाई डाकेर पार्टीको विवादबारे छलफल गरेका हुन् ।

भेटमा सहभागी महतले भने, ‘चुनावको तयारी गर्नुपर्ने धारणा राख्नुभयो । पार्टीको विवाद तपाईँहरू मिलाउनुस् भन्ने आशय थियो । उहाँको कुरा सुन्दा चुनावपछि नै महाधिवेशन गर्दा उपयुक्त हुने जस्तो लाग्यो ।’

काँग्रेसमा चुनाव अघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने दुई प्रकारका धारणाहरू आएका छन् । संस्थापन पक्षका शीर्ष नेताहरू चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने अडान राखिरहेका छन् ।

संस्थापन इतरका नेता डा. शेखर कोइराला चुनावअघि नियमित महाधिवेशनको पक्षमा छन् । चुनाव अघि वा पछि महाधिवेशन गर्नेमा संस्थापन पक्षमा समेत एकमत देखिएको छैन । संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले चुनाव अघि महाधिवेशन गर्नुपर्ने बैठकबाट निर्णय गरेका छन् । चुनाव अघि महाधिवेशन गर्नुपर्ने माग सहित २४ नेताले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापन पत्र बुझाएका छन् ।

शनिबार साँझ दुई घण्टा बढी कुराकानी गरेका चार नेतासँग सभापति देउवाले पार्टी विवादका बारेमा जानकारी लिएका थिए ।सभापति देउवाले पूर्वपदाधिकारी र संस्थापन पक्षका २४ केन्द्रीय सदस्यहरूसँग पनि छुट्टै भेट्ने भएका छन् ।