काठमाडौँ । प्रभु म्यानेजमेण्ट प्रा.ली.का पूर्व शेयर धनी एवं सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई सीआईबीले पक्राउ गरेको छ ।
प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार प्रभु म्यानेजमेन्टको नाममा सिटिजन्स बैंकको खातामा पटक पटक शंकास्पद कारोबार भइरहेको सूचनाको आधारमा सीआईबीले उनीमाथि अनुसन्धान थालेको थियो ।
उक्त खातामा विभिन्न व्यक्तिको नामबाट १० लाख नबढ्ने गरी ९ लाख ९९ हजार ५ सय रुपैयाँका दरले कारोबारहरू भएको पाइएको छ ।
उनका अनुसार प्रभु म्यानेजमेन्टले रेमिट रकम भुक्तानी मात्र गर्नु पर्नेमा रेमिट कारोबारको आवरणमा हुण्डी मार्फत रकम जम्मा भएको पाइएकाले खाता सञ्चालकमध्येका एक काभ्रे पनौती-८ का महाजुलाई गोदावरी टौखेलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।







