२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको दाबी : ‘वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउनै सक्दैन’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने जिकिर गरेका छन् । शनिबार काठमाडौँमा आयोजित जनप्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट हुनैपर्छ,’ अध्यक्ष ओलीले भने, ‘संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहर्‍याउने ठाउँ नै छैन । कोर्टले यसलाई संवैधानिक ठहर्‍याउनै सक्दैन ।’

अदालतमा गएर यो कामको नेतृत्व एमालेले गर्ने ओलीको भनाइ छ ।

उनले एमाले देशमा शान्ति, सुव्यवस्था भएको, लोकतान्त्रिक व्यवस्था स्थापना र त्यसको प्रयोगका लागि बनेको दाबी समेत गरे ।

‘यस देशको स्वाभिमानको रक्षाका लागि बनेको पार्टी हो । यो पार्टी देशमा शान्ति, सुव्यवस्था भएको, लोकतान्त्रिक व्यवस्था स्थापना र त्यसको प्रयोगका लागि बनेको पार्टी हो,’ ओलीले भने, ‘जनतालाई सहज ढंगले सेवा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित भएको हो । सुशासनयुक्त, शान्तियुक्त समाज स्थापनार्थका लागि बनेको पार्टी हो । देशलाई समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यमा पुर्‍याउन बनेको हो ।’

एमाले भन्ने पार्टी देशमा छ भन्ने कुरा सबैले बुझ्नुपर्ने उनको भनाइ छ ।

‘यो देशमा नेकपा एमाले छ, सबैले बुझ्नुपर्नेछ । तसर्थ कसैले कुनै हिसाबले, कुनै तरिकाले अवैध र असंवैधानिक, अलोकतान्त्रिक ढंगले देशमा कुनै गडबडी मच्चाएर एक छिनका लागि सरकार कब्जा गरिहाल्यो भने हामी फेरि लोकतान्त्रिक प्रक्रियामा फर्काएर छाड्छौँ,’ ओलीले जिकिर गरेका छन् ।

मिचिएको संविधानलाई नमिचिने अवस्थामा फेरि फर्काएर ल्याउने ओलीको उद्घोष थियो ।

‘अराजकताको राज लामो समय जान सक्दैन । नेकपा एमालेले अराजकताको राज छिट्टै अन्त्य गर्छ । नेकपा एमाले जनतासँगै छ, जनताको अघि लागेर राष्ट्रिय, सुशासन ल्याएर देशमा शान्ति ल्याउँछ,’ ओलीको भनाइ छ ।

वर्तमान सरकार संविधान मिचेर बनेको उनको आरोप छ । ‘लोकतान्त्रिक विधि, प्रक्रिया त्यसबाट नबनेको सरकार छ । त्यस प्रणालीलाई अस्वीकार गरेको सरकार छ । यस सरकारलाई हामी अवैधानिक, असंवैधानिक, कृत्रिम ढंगले लोकतन्त्रका विरुद्धमा खडा गरिएको हिंसा, आगजनी, तोडफोडबाट बनाइएको भनेर सबै जनतालाई थाहा छ,’ ओलीले भने ।