२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिसंघका उपाध्यक्ष ढकालले भने : ‘राजनीतिक दलजस्तै उद्योग खोल्न पनि प्रतिस्पर्धा आवश्यक’

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा कम्पनी, उद्यमशीलता र उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले हाल देशमा राजनीतिक दलहरू खुले जसरी उद्योग खोल्ने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् ।

हाल देशमा दिनहुँ नयाँ राजनीतिक दल खुलिरहेको उल्लेख गर्दै जेन जेड आन्दोलनपछि नेपालमा नयाँ राजनीतिक दल खोल्ने प्रतिस्पर्धा नै चलेको बताए । राजनीतिक दल खोल्ने प्रतिस्पर्धालाई व्यङ्ग्य गर्दै उपाध्यक्ष ढकालले कम्पनी, उद्यमशीलता र उद्योग खोल्ने प्रतिस्पर्धा हुनुपर्ने पनि बताए ।

‘जसरी अहिले देशमा दलहरू खोल्नको लागी प्रेरित भइरहेको छ । दिनानुदिन नयाँ दलहरू खोलिराख्नुभएको छ । आगामी यहाँहरूको मेनिफेष्ट्रोमा दिनानुदिन कम्पनी, उद्यमशीलता र उद्योग खोल्नको लागी तपाईँहरूको मेनिफेष्ट्रोमा राख्नुपर्छ । किनभने हामीले संचारमा हेर्‍यौँ भने कुनै पनि देश पोलिटिक्सले मात्र समृद्धि हुन सक्दैन,’ ढकालले भने, ‘जबसम्म हामीले पोलिटिक्सलाई इकोनोमीसँग सँगसँगै हाल्न सक्दैनौँ । कुनै पनि देश समृद्ध हुन सक्दैन भन्ने मलाई लाग्छ । त्यसले गर्दा म यही मञ्चबाट युवाहरूको आवाजलाई मैले आफ्नो बनाउँदै माननीय मन्त्रीज्यूलाई के भन्न चाहे भने आगामी दिनमा जुन पोलिसि बनाउँछौँ ।’

उद्यमशीलता, उद्योग र आर्थिक सुधारलाई राजनीतिक एजेण्डाको मुख्य प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । उनले आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तारलाई सहज बनाउने स्पष्ट नीति समावेश गर्नै पर्नेमा जोड दिए ।

राजनीति केन्द्रित सोचले मात्रै देश विकास गर्न नसक्ने भन्दै उनले राजनीति र अर्थतन्त्रलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

‘पहिलाको सिष्टम र अहिलेको सिष्टम, अहिलेको थर्ड प्रोसेस चेन्ज भइसकेको कारणले गर्दा यो जेनेरेशनको जुन सिफ्ट छ, जेनेरेशनको ग्याप छ, यो जेनेरेशनलाई आउने हिसाबले हामीले कानून निर्माण गर्न सक्यौँ र उनीहरूलाई एक्सेस दिन सक्यौँ भने हामी समृद्धिको हिसाबमा धेरै टाढा छैनौँ,’ उनले भने, ‘हामीसँग अथाहा सम्भावना छ । दुई ठूला मुलुकको बीचमा हामी जुन लोकेसनबाइ बसिराखेका छौँ । हाम्रो लागी त्यो एउटा सौभाग्य हो । हाम्रो लागि अपरच्युनिटि हो, त्यसले गर्दा खेरी हामी सबै जना मिलेर हाम्रो देशलाई समृद्ध बनाउनपर्छ ।’