काठमाडौँ । अछामका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) र दुई जना सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।
गृह मन्त्रालयले बुधवार अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सारेको छ भने दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढालाई अछामको प्रजिअ बनाई पठाइएको छ ।
यसैगरी डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई जिल्ला प्रशासन कार्यालय दाङको सहायक प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।







