२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री गौतमले भनिन् : ‘स्वास्थ्य बीमाको विषय मेरो प्राथमिकतामा छ’

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमाको उचित व्यवस्थापनलाई प्राथमिकतामा राखेर आफूले काम सुरु गरेको बताएकी छन् । 

भरतपुर अस्पतालको ट्रमा सेन्टर उद्घाटन कार्यक्रममा आइतबार बोल्दै मन्त्री डा. गौतमले भनिन्, ‘स्वास्थ्य प्रणाली सुधारका लागि मेरा तीनवटा क्षेत्र छन् । जसमा पहिलो प्राथमिकता स्वास्थ्य बीमाको विषय रहेको छ ।’

कार्यक्रममा मन्तव्य राख्दै भरतपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट (मेसु) डा. कृष्णप्रसाद पौडेलले गत वर्ष अस्पतालले बीमामार्फत गरेको उपचारको भुक्तानीका लागि एक अर्ब रुपैयाँभन्दा बढी दाबी गरेकोमा आधा रकम मात्रै प्राप्त भएको बताएका थिए । यस्तो भए अस्पताल राम्रोसँग चल्न नसक्ने मेसु पौडेलको भनाइ थियो ।

स्वास्थ्य मन्त्री डा. गौतम पनि मेसु डा. पौडेलको कुरामा सहमत भइन् ।

‘बीमा ठीकसँग चलेको छैन । यसरी चल्ने हो भने डाक्टर सापले भने जसरी अस्पताल धारासायी हुन सक्छन् भन्ने कुरा साँचो हो पनि । हामीले करोडौँ रुपैयाँ तिर्न सकेका छैनौँ,’ उनले भनिन् ।

बीमा भुक्तानीका लागि दिनमै ६० हजार क्लेम आउने गरेको उनले बताइन् । ‘बीमामा यति बोझ छ कि ६० हजार क्लेम आउँदा मुश्किलले पाँच हजार क्लेम भेरीफाइ र फर्छ्योट हुन्छ,’ उनले भनिन् ।

डा. गौतमले ३५ सय रुपैयाँमा बीमा गरेपछि सबैले एक लाख रुपैयाँ बराबरको सुविधा लिइ हालौँ भन्ने मान्यता नराख्न अनुरोध गरिन् ।

‘बीमाको सिद्धान्त त यो हो कि रोगी निरोगी सबैले पैसा राख्ने तर आवश्यक परे मात्रै सेवा लिने हो । ३५ सय रुपैयाँ तिरेको छु । एक लाख रुपैयाँ बराबरको सुविधा लिइहालौँ भनेर अनावश्यक उपचार र परीक्षण नगराउँ,’ उनले अपिल गरिन् ।

उनले हेल्थपोष्ट र आधारभूत स्वास्थ्य केन्द्रहरुमा आधारभूत स्वास्थ्य उपचार पूर्णरुपमा नि:शुल्क भएकोले त्यस्ता सेवाहरू त्यही लिने बानी बसाल्न सुझाव दिइन् । ‘त्यहाँ सम्भव नहुने उपचारका लागि अस्पतालमा आउने हो भने भीड कम हुन्छ । जति पैसा दिए पनि नपुग्ने बीमाको चाप कम हुन्छ । प्रहरी, प्रशासन, स्थानीय तह र जनप्रतिनिधिहरूले यसका बारेमा प्रचारप्रसार गरौँ,’ उनको भनाइ थियो ।

स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषका प्रतिनिधिहरूसँग यस बारेमा निरन्तर संवादमा रहेर समाधानका विधिहरू तयार गर्न सुरु गरेको उनले सुनाइन् । केही समयभित्रै यसमा परिणाम नि आउने उनको भनाइ छ । ‘चुनाव गराउनु छ, जलेका घरहरू बनाउनु छ । नयाँ कार्यक्रम पनि ल्याउनु छ । बीमालाई पैसा पनि दिनु छ । तर स्रोत कम छ । कता कता दिने ? कता कता पुर्‍याउने,’ उनले सोधिन् ।