२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘फागुन २१ चुनाव गराउँदैछ भन्छ, तर चुनावको तयारी कतै देखिँदैन’-ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन २१ गते निर्वाचन गर्ने तयारी कतै नदेखिएको बताएका छन्।

एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेताहरूलाई निषेधाज्ञा गरेर निर्वाचन हुन नसक्ने बताएका हुन् ।

उनले भदौ २३ र २४ गते जेन जेड आन्दोलनको नाममा सरकार परिवर्तन गरिएको र नेपाली एकतामा ठूलो खलल पुर्‍याएको आरोप लगाए। ‘जेन जेड आन्दोलनको नाममा सरकार परिवर्तन मात्र गरिएको थिएन। नेपाली एकतालाई खलल पार्ने ठूलो दुर्घटना घटाइएको थियो। देशलाई उल्टो दिशामा लगिएको थियो,’ उनले भने।

संविधान विपरीत सरकार गठन गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले एमालेले प्रतिनिधिसभा पुनर्स्थापना चाहेको बताए।

उनले भने ‘प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना होस्। देश लोकतन्त्रको बाटोमा हिँडोस्। सरकारले फागुन २१ चुनाव गराउँदै छ भन्छ, तर चुनावको तयारी कतै देखिँदैन। संवादको सट्टा घृणा, मिडिया ट्रायल र षड्यन्त्र भइरहेको छ। बहसको सट्टा नेताहरूलाई मुद्दा, निषेधाज्ञा, स्थान हद र पासपोर्ट रद्द गरिएको छ।’ उनले चुनावको नाममा देशलाई अलमल्याउने काम भइरहेको बताए।