२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाँस्यकलाकार किरण केसीको अग्रसरतामा पुन:निर्मित सातदोबाटो प्रहरी वृत्तको भवन हस्तान्तरण

अ+ अ-

काठमाडौँ । हाँस्यकलाकार किरण केसी ‘रातामकै’ को अग्रसरतामा पुन:निर्माण गरिएको प्रहरी वृत्त सातदोबाटोको नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

२३ र २४ गतेको जेन जेड प्रदर्शनको क्रममा उक्त भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । स्थानीय समुदायको आर्थिक र भौतिक सहयोगमा रातामकैले ३ रोपनी क्षेत्रफलमा फैलिएको भवन पुन:निर्माण गरेका थिए ।

आइतबार बिहान आयोजित समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्कीको आतिथ्यतामा कलाकार केसीले समितिका सदस्यहरूको उपस्थितिमा भवन हस्तान्तरण गरेका हुन् ।

जेन जेड आन्दोलनअघिको वृत्तको भवन पनि कलाकार केसीले नै निर्माण गरेका थिए । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले सुरक्षा सबैभन्दा प्रमुख कुरा भएको बताएका छन् ।

सुरक्षा प्रदान गर्ने कार्यक्रममा नागरिकको सहयोग पनि आवश्यक रहेको जनाउँदै कार्कीले भवनको पुन:निर्माणको लागि कलाकार केसी र स्थानीय समुदायलाई धन्यवाद दिएका छन् ।

महजोडीले पनि कलाकार केसीलाई यो सामाजिक कार्यको लागि धन्यवाद दिँदै कलाकारको दायित्व देश र समाजप्रति पनि हुनुपर्ने बताए । त्यो कुरालाई कलाकार केसीले पुष्टि गरेको उनीहरूले बताए । सो अवसरमा, पुनः निर्माणमा सघाउने दाता र सहयोगीलाई सम्मान गरिएको थियो ।