२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपमहासचिव योगेश भट्टराईले भने : ‘ईश्वर र सुरेन्द्रको साहसलाई उच्च सम्मानसहित सलाम’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले अध्यक्ष र महासचिवमा पराजित ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेले ११औँ महाधिवेशनमा साहस देखाएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनका मुख्य रणनीतिकार शंकर पोखरेलसँग प्यानलसहित चुनावी मैदानमा होमिएर पोखरेल र पाण्डेले साहस देखाएको भन्दै उनले सम्मान व्यक्त गरेका छन् ।

‘कमरेड ईश्वर पोखरेल, कमरेड सुरेन्द्र पाण्डे, तपाईँहरूको इमान, निष्ठा र साहसको उच्च सम्मानसहित सलाम गर्दछु,’ भट्टराईले भनेका छन्, ‘टिमका सम्पूर्ण कमरेडहरूको एकता र सहकार्यप्रति आभारी छु ।’

पोखरेल अध्यक्षमा ओलीसँग र पाण्डे महासचिवमा पोख्रेलसँग पराजित भएका छन् । पोखरेलकै प्यानलबाट नेता भट्टराई उपमहासचिवमा विजयी भएका छन् ।

उनले आफ्नो विजयका लागि प्रतिनिधिहरूलाई धन्यवाद दिँदै पार्टी सदस्य तथा आम जनताको निगरानी र परीक्षामा सधैँ रहिरहने उल्लेख गरेका छन् ।

‘सम्पूर्ण प्रतिनिधिसहित पार्टीका तमाम कमरेडहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ उपमहासचिव भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्टी सदस्य तथा आम जनसमुदायको निगरानी र परीक्षामा सदा रहिरहने छु ।’