२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

अ+ अ-

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । हरिपूर्वा-६ स्थित पोखरी नजिकै इँटा लोड गरिएको मधेस प्रदेश ०३-००१ त ८७०४ नम्बरको ट्याक्टरले आज दिउँसो ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी दुई वर्षीया छोरी सोहानी साह फकिरको मृत्यु भएको हो ।

बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्वामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

उनका अनुसार प्रहरीले ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको उनले बताए ।

त्यस्तै सर्लाहीको धनकौल गाउँपालिका-५ स्थित भित्री सडक खण्डमा  गए राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ज १ त ७०१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक धनकौल-४ मैनाथपुरका ३० वर्षीय अरुणराय यादवको सोही ट्याक्टरले च्यापिएर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।