२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे दुई विभागबीच समझदारी अद्यावधिक

अ+ अ-

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभाग र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबीच भएको समझदारी अद्यावधिक गरिएको छ ।

दुई विभागबीच २१ कात्तिक २०८१ मा भएको समझदारी अद्यावधिक गरिएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ ।

पछिल्लो समझदारी अनुसार कानुनी प्रावधान बमोजिम दुवै निकायले एकापसमा कार्यात्मक सहयोग र समन्वय अभिवृद्धि गर्दै आपसी जिम्मेवारी निर्वाह गर्ने विश्वास लिएको विभागले जनाएको छ ।

समझदारी अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान क्रममा बरामद भएका, रोक्का राखिएका वा नियन्त्रणमा लिएका सम्पत्ति तथा साधन यथाशीघ्र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई उपलब्ध गराइने छ ।

ती सम्पत्ति तथा सामान अदालतको आदेश/फैसला तथा कानुन अनुसार कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले व्यवस्थापन गर्ने भएको छ ।

सहमतिपछि अनुसन्धान विभागले हालसम्म अनुसन्धान क्रममा बरामद भएको, रोक्का तथा धरौटी राखिएको १४ करोड ९७ लाख ४६ हजार रुपैयाँ व्यवस्थापन विभागको धरौटी खातामा जम्मा गर्ने निर्णय समेत गरिएको छ । उक्त रकमको अभिलेख दुवै विभागमा अद्यावधिक गरी राख्ने व्यवस्था गरिएको छ ।