२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामन्त्री पुनले भने : ‘सामुदायिक विद्यालयबारे बढी गुनासो मधेशबाट आउँछ’ 

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मधेशका सामुदायिक विद्यालय, शिक्षक र व्यवस्थापन समितिको बारेमा सबैभन्दा बढी गुनासो आउने गरेको बताएका छन् ।

साक्षर मधेश प्रदेश घोषणा तयारी सम्बन्धी एक दिवसीय गोष्ठीमा उनले सातवटा प्रदेश मध्ये आधाभन्दा बढी गुनासो मधेश प्रदेशबाट आउने गरेको खुलाए ।

‘सामुदायिक विद्यालयको विषयमा थरीथरीका गुनासो आउने गरेका छन् । सातवटा प्रदेश मध्ये आधाभन्दा बढी मधेश प्रदेशका सामुदायिक विद्यालयको गनासो म कहाँ आएको छ,’ उनले भने, ‘विद्यालय भवन भएको, शिक्षक भएको तर पढाइ नभएको, शिक्षक, व्यवस्थापन समितिले बदमासी गरेका कुराहरू सम्बन्धि गुनासो आउने गरेको छ । मैले त्यस्ता अव्यवस्थित विद्यालयको नाम संकलन गर्न टोली पठाएको छु ।’

आफू मन्त्री बन्नु अघि किताब बेच्न तराई मधेशका जिल्लाहरूमा पुग्दा शिक्षाको अवस्था दयनीय पाएको उनको भनाइ छ । पहिले दुर्गम हिमाल(पहाडमा पढाउने प्राय: शिक्षक मधेशबाट विज्ञान गणितका शिक्षकहरू हुने गरेको स्मरण गर्दै उनले पछिल्लो समय मधेशको शिक्षाको स्तर खस्केको बताए ।

अहिलेसम्म मधेश साक्षर घोषणा नहुनु आफ्नो लागि आश्चर्यको विषय रहेको समेत उनको भनाइ  थियो ।

आगामी २०८३ वैशाख मसान्तसम्म मधेश प्रदेशलाई साक्षर घोषणा गर्ने सरकारले लक्ष्य लिएको छ । त्यसको संयोजन तथा सहजीकरण नेतृत्व मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रीले गर्ने, स्थानीय तहले अभियानको नेतृत्व गर्ने र उच्चस्तरीय विज्ञ कार्यदलबाट औपचारिक रूपमा प्रारम्भ गर्ने र संघीय मन्त्रालय एवं विभागीय संयन्त्रबाट गैर सरकारी संस्थासँगको केन्द्रीय समन्वय र प्रदेश मन्त्रालयलाई नीतिगत सहजीकरण गर्ने जिम्मा दिइएको छ ।

गोष्ठीमा मधेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी लगायत मधेशका प्रमुख सचिव, मन्त्रालयका सचिव, स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, सांसद लगायत गैर सरकारी संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।